२ असार, झापा । संघीय समाजवादी फोरम नेपालले झापाको बिर्तामोड नगरपालिकामा मेयर र उपमेयरसहित विभिन्न पदमा उम्मेदवारी घोषणा गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी मेयरमा पदमबहादुर ग्याबक तामाङ र उपमयेरमा चीजा राईलाई उठाउने निर्णय भएको जानकारी दिइएको हो ।
दुवै जना नेपाल तामाङ घेदुङ जिल्ला संघ झापाका सदस्य हुन् । मेयरका उम्मेदवार पदमबहादुर आदिवासी जनजाति महासंघ, बिर्तामोड नगर समन्वय परिषदका अध्यक्ष र नेपाल तामाङ घेदुङको प्रदेश सचिवालय सदस्य समेत हुन् ।
बिर्तामोडको वडा नं. १ मा रीनामाया तामाङ, ३ मा हरिनारायण चौधरी, ४ मा रामनारायण चौधरी, ५ मा तीलबहादुर राई, ६ मा विरेन मेचे र १० मा लक्ष्मी देवानलाई वडाध्यक्ष उठाइएको छ ।
त्यसैगरी, अर्जुनधारा नगरपालिकामा सिर्जलाल चौधरीलाई मेयर र ईश्वरीकुमारी माझीलाई उपमेयरमा उठाउने निर्णय भएको पार्टीका प्रदेश कमिटी सदस्य सुमन शर्मा कट्टेलले जानकारी दिए ।
प्रतिक्रिया 4