२ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले स्थानीय तहको निर्वाचनले राजनीतिक स्थायित्व कायम हुने बताएका छन् ।
शुक्रबार नेपालका लागि फ्रान्सेली राजदूत वेश कारमोनासँग भएको भेटमा मन्त्री शर्माले दोस्रो चरणको निर्वाचन पूर्वनिर्धारित मितिमै हुने र सबै चुनाव सम्पन्न भएपछि राजनीतिक स्थायीत्व हुने बताएका हुन् ।
राजनीतिक स्थायीत्व भएलगत्तै देश विकासको गतिमा अघि बढ्ने मन्त्री शर्माको भनाइ थियो ।
गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा गृहमन्त्री शर्माले प्रदेश र संघको निर्वाचनको तयारी भइरहेको जानकारी पनि गराएका थिए ।
भेटका अवसरमा मन्त्री शर्माले फ्रान्स र नेपालबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहेको र आपसी समझदारी कायम रहने बताएका थिए ।
यसैगरी फ्रान्सेली राजदूत कारमोनाले नेपालसँग निकटतम सम्बन्ध रहेको भन्दै विभिन्न आपराधिक गतिविधि समेत साझा सहकार्यमा नियन्त्रण भएको जिकीर गरेको मन्त्री शर्माका प्रेस संयोजक लक्ष्मी पुनले जानकारी दिइन् ।
फ्रान्स र नेपालबीच सत् २००६ देखि कुटनीतिक सम्बन्ध कायम छ ।
प्रतिक्रिया 4