Comments Add Comment

इलाम नगरपालिकाका माओवादी वडाध्यक्ष उम्मेदवार बेपत्ता

 

 

४ असार, इलाम । इलाममा वडाध्यक्षका उम्मेदवार बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख सुशिलकुमार यादवले अनलाइनखबरलाई दिएको जानकारी अनुसार इलाम नगरपालिका वडा नं. १२ मा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएका हुन् ।

उनको खोजीमा प्रहरी टोली परिचालन गरिएको यादवले बताए । ‘हिजो रातिदेखि उहाँ सम्पर्कविहीन हुनु भएको भन्ने जानकारी आएको छ’, यादवले भने, ‘उहाँको मोबाइल बन्द छ । हामीले खोजी कार्यलाई जारी राखेका छौं ।’

उनको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ । वडाध्यक्ष राईको मोबाइलमा फोन लागे पनि फोन नउठेको माओवादी केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment