+
+
Shares

दोस्रो किस्ता लिने भूकम्पपीडित न्यून, १८ अर्ब बैंकमै थन्कियो

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ५ गते ६:३९

५ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्पप्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४सय ४२ पीडितले पहिलो किस्ता लगेका छन् । तर, दोस्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्रै छ ।

पहिलो किस्ता लैजानेको तुलनामा ४.४४ प्रतिशत भूकम्पपीडितले मात्रै दोस्रो किस्तावापतको रकम लगेका छन् । जसका कारण दोस्रो किस्ताका लागि निकासा गरिएको रकम अहिले जिल्लाका बैंकमा थन्किन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?