Comments Add Comment

बर्दियामा १६ पदका लागि १ सय १७ जनाको उमेदवारी

६ वटा नगरपालिकाका मेयरमा ५१ जनाको उम्मेदवारी

५ असार, बर्दिया । ६ नगरपालिका र २ वटा गाउँपालिका सहित ८ स्थानीय तह रहेको बर्दियाका नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष गरी १६ पदमा ११७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
 
६ नगरपालिकाको मेयर पदमा ५१ जनाको र गाउँपालिकाको अध्यक्ष पदमा ११ जनाको तथा दुई उपमेयर पदका लागि ४४ जनाको र दुई उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परको छ ।
 
नगरपालिका तर्फ गुलरियामा ९/९ जनाले मेयर तथा उपमेयरमा, बाँसगढीमा नगरपालिमा ८/८ जनाले मेयर तथा उपमेयरमा, ठाकुरबाबामा ७ जनाले मेयरमा र ६ जनाले उपमेयरमा, बाह्रबर्दियामा ११ जनाले मेयरमा र ९ जनाले उपमेयरमा , मधुवनमा ७ जनाले मेयरमा र ५ जनाले उपमेयरमा, राजापुरमा ९जनाले मेयरमा र ७ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
 
बढैयाताल गाउँपालिकामा ६ जनाले अध्यक्षमा तथा ७ जनाले उपाध्यक्षमा र गेरुवा गाउँपालिकामा ५ जनाले अध्यक्षमा र ४ जनाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
दीपक शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment