+
+
Shares

सरकारको अनुमति विनै पिजीमा भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ६ गते ६:०२

६ असार, काठमाडौं । निजी मेडिकल कलेजले स्नातकोत्तर अर्थात् पिजीमा त्रिभुवन विश्वविद्यालयको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना लिएका छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र केन्द्रीय कार्यालयको अनुमतिविना नेसनल मेडिकल कलेज वीरगन्ज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले पिजीमा विद्यार्थी भर्ना लिएका हुन् ।

‘पिजीको शुल्क निर्धारण गरिएको छैन । दुई–तीन दिन अझै लाग्छ, यस्तो अवस्थामा कसरी पैसा लिएर निजी मेडिकल कलेजले भर्ना लिए ? हामी जान्दैनौं’, त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले भने ।

अनुमतिविना गरिएको भर्ना स्वतः रद्द हुने उनले बताए । नियमभन्दा बाहिर गएर लिएको भर्ना आफैंमा गैरकानुनी भएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?