Comments Add Comment

पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिङ सडक खुल्यो

७ असार, चितवन । वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड बिहान ७ बजेबाट सञ्चालनमा आएको छ । कालीखोला र चारकिलोमा पहिरो खसेपछि बिहान २ बजेदेखि नै सडक अवरुद्ध बनेको थियो ।

ईच्छाकामना गाउँपालिका–६ को कालीखोला र चारकिलोमा बुधबार बिहान दुई बजे खसेको पहिरो हटाएसँगै बिहान सात बजेपछि सडक सुचारु बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक खुलाउन बिहानैदेखि २ डोजर प्रयोग गरिएको थियो ।
सडक खुलेसँगै काठमाडौं–पोखरा लगायतका स्थानमा जाने र चितवन भएर अन्यत्र जाने सवारी साधनहरु आ–आफ्ना गन्तब्य तर्फ लागेका छन् । सडकमा सवारीको भने अधिक चाप छ । निमार्णको काम भइरहेकाले यो सडकखण्डमा पहिरो जाने गरेको छ ।

कालीखोला पहिरो प्रभावित क्षेत्र हो । सुख्खा पहिरोसमेत झरेर सडक अवस्द्ध हुने यो स्थानमा वर्षातको समयमा दिनहुँ जस्तो सडक अवरुद्ध हुन्छ । सोमवार पनि यही स्थानमा झरेको पहिरोका कारण ८ घण्टा सडक अबरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment