Comments Add Comment

अब पिसाबले रिचार्ज गर्नेछ स्मार्टफोन


झ्वाट्ट सुन्दा सायद तपाईंलाई बकबास लाग्नेछ र पत्यार हुनेछैन । तर, यथार्थ कुरा के हो भने अब पिसाबबाट स्मार्टफोनको ब्याट्री रिचार्ज गर्न सम्भव भएको छ ।

एक अनौठो अनुसन्धान तथा प्रयासको फलस्वरुप पिसाबलाई विजुलीमा परिणत गर्नमा बेलायती वैज्ञानिकहरु जुटेका छन् ।

बेलायतको ब्रिस्टोल रोबोटिक्स ल्याबका वैज्ञानिकहरु यो परियोजनमा काम गरिरहेका छन् ।

यो प्रयोगको माध्यमबाट सुरुमा वैज्ञानिकहरुले इलेक्ट्रो एक्टिम सुक्ष्मजीवहरु कैयौँ सिलिन्डरमा भरे । यी सुक्ष्मजीवहरु यस्ता थिए जो फोहोर पानी वा पिसाबमा पाइन्थे ।

त्यसपश्चात ती सुक्ष्मजीवबाट इलेक्ट्रोनको निर्माण हन्छ जसलाई बिजुली उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

वैज्ञानिकका अनुसार, दुई लिटर पिसाबबाट ३०.४० मिलिवाट सम्म बिजुली उत्पादन हुन्छ । अनि उक्त बिजुलीलाई स्मार्टफोन रिचार्ज गर्न वा बत्ती बाल्नसमेत प्रयोेग गर्न सकिने बताइएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment