+
+
Shares

इटहरीमा राप्रपाका उम्मेदवारमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ७ गते ११:५४

७ असार, इटहरी । सुनसरी इटहरीका राप्रपाका दुई उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।

अज्ञात समूहले गएराति स्थानीय तहको चुनावमा इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा वाडाध्यक्षको उम्मेद्वार रहेका श्याम पोख्रेलमाथि आक्रमण भएको हो ।

राती नौ बजे इटहरीको बिराटनगरलाइन स्थित त्रिवेणी कलेज छेउमा मोटरसाइकलमा आएका तीन जनाको समूहमा रहेका व्यक्तिले पोख्रेलमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । पोख्रेल राप्रपाका उम्मेदवार हुन् ।

कालो पल्सरमा आएका व्यक्तिहरुले वडामा किन पोल बत्ती जडान गरिस, किन उमेरदवारी दिइस भन्दै अन्दधुन्दरुपमा खुकुरी प्रहार गरेको राप्रपा इटहरी नगर समितिले जनाएको छ ।

खुकुरी प्रहारबाट वडा अध्यक्ष भागेर बाँच्न सफल भएको राप्रपाले बताएको छ ।

उनी सामान्य घाइते भएको प्हरीले बताएको छ । आक्रमणको क्रममा उनी सवार को २० प ५९३५ नं. को मोटरसाइकलमा भने क्षती पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?