+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कश्मिर घटनामा राप्रपाले भन्यो- हिन्दूविरोधी कार्य स्वीकार्य छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते २१:५९

१० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मु–कश्मिरको पहलगाममा भएको जघन्य आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

हिजो (मंगलबार) भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतकंवादी समूहको हमलापछि आज विज्ञप्ति जारी गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त घटनाप्रति दुःख व्यक्त गरेको हो ।

‘अमानवीय, क्रुर र ह्रदयविदारक पहलगाम घटनाको राप्रपा अति निन्दा र भत्सर्ना गर्दछ,’ लिङ्देनले विज्ञप्तिमा भनेको छ, ‘केही समयअघि बंगलादेशका चर्चित हिन्दू व्यक्तित्व श्री भावेशचन्द्र रायको अपहरणपछि निर्ममतापूर्वक हत्या भएको थियो। पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय हो ।’

जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्वीकार्य हुन नसक्ने राप्रपाले बताएको छ । ‘राप्रपा यस्ता आतंकवादी गतिविधिको सदैव विपक्षमा छ, दुःखको यस घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?