६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले आफ्नो पार्टीबारे भ्रम फैलाइएको बताएका छन् ।
‘राप्रपाबारे एउटा भ्रम फैलाइएको छ, गलत भाष्य बनाइएको छ– अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन टारिरहनु भएको छ, महाधिवेशन गर्ने पक्षमा हुनुहुन्न । यो सरासर गलत कुरा हो’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
अध्यक्ष लिङ्देन समयमै महाधिवेशन गर्नका लागि त्यसको प्रक्रियाम प्रवेश गरिसकेको उनले बताए ।
महाधिवेशनका लागि न्युनतम शर्त अन्तर्गत जिल्लाहरुको अधिवेशन सम्पन्न हुनुपर्ने उल्लृख गर्दै उनले झापाको जिल्ला अधिवेशन धेरैअघि सम्पन्न भइसकेको स्मरण गराएका छन् ।
दुई दर्जन बढी जिल्लाहरुको अधिवेशन भइसकेको भन्दै उनले लेखेका छन्, ‘बरु महाधिवेशनको चर्का कुरा गर्ने साथीहरुको जिल्लामा अधिवेशन नभएको प्रष्ट पार्न चाहन्छु ।’
राप्रपामा कुनै निर्णय अध्यक्षको एकल निर्णयबाट नलिइएको पनि उनले बताएका छन् ।
प्रतिक्रिया 4