+
+
Shares

प्रदेश खारेजीका लागि दुई तिहाई पुर्‍याउन सहयोग गर्छौं : ज्ञानेन्द्र शाही

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश संरचना खारेज गर्न सरकारलाई दुई तिहाई मत जुटाउन सहयोग गर्ने जनाएको छ।
  • पार्टी नेता ज्ञानबहादुर शाहीले हिन्दू राज्य स्थापना र राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाका लागि समर्थन गर्ने बताए।
  • शाहीले संविधान संशोधनका लागि पाँच सिट दिने र कुल १८७ सिट पुग्ने घोषणा गरेका छन्।

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन् ।

सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाई मत चाहिए आफ्नो पार्टीले साथ दिने बताए ।

मुलुकमा हिन्दू राज्य स्थापना गर्न, राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाका लागि सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग माग आफनो पार्टीले साथ दिने नेता शाहीको भनाइ थियो ।

‘आज यो देशको प्रदेश संरचना खारेज गर्नुपर्छ भन्नेकुरा त हामीले संसदमा उभिएर नै भनिसक्यौं । तपाईंहरूको १८२ सिट आएको छ । प्रदेश संरचना खारेज गर्नुहुन्छ, हिन्दु, बुद्ध, किराँतसहितको सनातन हिन्दू अधिराज्य स्थापना गर्नुहुन्छ,’ उनले थप भने, ‘राजासहितको प्रजातन्त्रलाई अवलम्बन गर्नुहुन्छ, नेपालको संविधान संशोधन गर्न तपाईंलाई सिट पुगेन भने ५ वटा सिट हामी दिन्छौं । १८७ सिट पुग्छ, संविधान संशोधन गरौ भनेर हामीले घोषणा गरिसकेका छौं ।’

उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनका लागि आफनो पार्टीले सदैव पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सो अवसरमा पार्टीका प्रवक्ता समेत रहेका नेता शाहीले फरक मत राखेर सबै नेता, कार्यकर्तालाई पनि समेटेर अघि बढ्न पार्टी नेतृत्वको पनि ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?