+
+
Shares

प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं : ज्ञानेन्द्र शाही

राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाका ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन्।
  • शाहीले अनावश्यक प्रदेश संरचनामा वार्षिक १ खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गरेका छन्।
  • उनले संसदबाट प्रदेश संरचना खारेज गर्न १८४ सांसद चाहिन्छ भने राप्रपाले १८७ सांसद पुर्‍याउने दाबी गरेका छन्।

१९ चैत, काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।

‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ । राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्‌बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्‍याउन १८४ चाहिन्छ १८७ हामी पुर्‍याउँछौं,’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?