News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पद आफूहरूको प्राथमिकताको विषय नभएको बताएका छन्।
- प्रतिनिधिसभामा उपसभामुखमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी ठाकुरको उम्मेदवारी परेको छ।
- शाहीले रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको र उपसभामुख पद प्राथमिकता नभएको स्पष्ट पारेका छन्।
२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पद आफूहरूको लागि प्राथमिकताको विषय नभएको बताएका छन् ।
प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखमा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरको उम्मेदवारी परेको छ ।
लामाको उम्मेदवारीमा शाही प्रस्तावक रहेका छन् । प्रस्तावकको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको छ ।
‘एक थान उपसभामुख पद हाम्रो प्राथमिकता थिएन र छैन’ उनले भने । तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि उम्मेदवारी दिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4