+
+

राजपा माने प्रदेश–२ मा नयाँ मतपत्र

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते ६:२३

८ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाए छाता चुनाव चिह्नको व्यवस्था गर्न निर्वाचन आयोग लचिलो बन्ने संकेत गरेको छ । आयोगको उच्च स्रोतले दिएको जानकारी अनुसार आन्दोलनरत राजपाले प्रदेश–२ मा २ असोजका लागि निर्धारित तेस्रो चरणको निर्वाचनमा सहभागी हुने सुनिश्चितता देखाए नयाँ मतपत्र छाप्न सकिने संकेत गरेको हो ।

‘राजनीतिक परिस्थिति त्यहीअनुसार अघि बढेको छ । नायँ दल दर्ता र नयाँ चिह्न दिनुपर्ने अवस्था देखिँदै छ । त्यो अवस्थामा नयाँ मतपत्र छाप्न आयोगलाई समय पनि छ । लामो समयसम्मका ग्याप के का लागि त ?’ आयोग स्रोतले भन्यो, ‘उहाँहरु निर्वाचनमा सहभागी हुन समयभित्र नै प्रक्रियामा आए नयाँ मतपत्र छाप्न सकिन्छ ।’

तर, असार मसान्तभित्रै सरकार र राजपाबीच सहमति भएर प्रक्रियामा आइसक्नुपर्ने आयोगको भनाइ छ । आजको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?