Comments Add Comment

गुरू भट्टरार्इले ल्याए नमेटिएका रहरहरू

लेखक गुरु भट्टराईको गायकीमा सजिएको आधुनिक गीत को एल्बम ‘नमेटिएका रहरहरु’ बजारमा आएको छ । यही हप्ता रिलिजमा भएको सो एल्बममा चार वटा आधुनिक गीत र एउटा स्वदेश गान समावेश छन् ।

एल्बममा समावेश गीतको रचना भने जिएस पौडेल, सुनील गिरी, र उद्दिम राईको रहेको छ । छन् छन् गर्छ उनको चुरा,बर्षौ देखि सजाएका बोलको आधुनिक गित र स्वदेश गान, ‘छन् गोडमेल बाँकी छन्’ बोलको स्वदेश गान जिएस पौडेलको रचना हो ।

किन गर्छौ शंका मलाई बोलको गीत सुनिल गिरीको रचना रहेको छ । त्यस्तै तिमी बिना यो शहरमा सार्है शून्य लाग्छ मलाई बोलको गीत संगीतकार उद्दिम राईकै रचनामा रहेको छ ।

सो एल्बमका संगितकार गीत उत्कृष्ट भएको बताउँछन् । युवा संगितकार उदिम राई भन्छन् – गीत उत्कृष्ट बनेका छन् । भर्खर बजारमा गएको भएपनि धेरै राम्रो रेसपोन्स आइरहेको छ ।

राईले भिडियोमा यी गीतहरु झन् सुन्दर बन्ने तर काम नसकिएकोले यसलाई अडियो मात्र बजारमा ल्याएको बताए । एकता म्युजिक प्रालीले यी गीतहरू बजारमा ल्याएको हो ।  कामको सिलसिलामा विदेशमा रहेका भट्टराई पेसाले इन्जिनियर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment