Comments Add Comment

बन्धक बनाएर राखिएका ४५ भारतीय मजदूरको सप्तरी प्रहरीद्वारा उद्वार

८ असार, सप्तरी । सप्तरीको पत्थरगाडास्थित डिपीआर इँटा उद्योगमा काम गर्ने ४५ जना भारतीय मजदूरको बिहीबार उद्वार गरिएको छ ।  बन्धक बनाएर श्रम गराएको भन्दै भारतीय पक्षबाट गुनासो आएपछि उनीहरुको उद्वार गरिएको हो ।

इँटा उद्योगका मालिकले मजदूरहरुलाई कुनै किसिमको रकम नदिई काम गराइरहेको भन्दै यहाँबाट उम्केर गएका एक जना मजदूरले स्थानीय प्रशासनमा उजुरी दिएपछि भारतीय पक्षले दूतावास मार्फतै पत्राचार गरेर सप्तरी प्रशासनलाई उद्वार गरिदिन आग्रह गरेको थियो ।

सप्तरी प्रहरीले इँटा उद्योगमा काम गर्ने उनीहरुलाई उद्वार गरेको छ । जिल्ला प्रहरी प्रमुख अनुराग द्विवेदीका अनुसार इँटा उद्योगका मालिकले तिमीहरुलाई काम गराउन ल्याउने ठेकेदार भारतकै बिनोद रामले तिमीहरुको तलव वापतको रकम लिएर गएको बताउँदै जर्वजस्ती श्रम गराइरहेको गुनासो भारतीय पक्षको छ ।

भारतको बारिसलीगंज क्षेत्रका मजदूरहरुलाई सोही क्षेत्रका रामले काम लगाइदिने भन्दै यहाँ ल्याएका थिए । केहि दिन काम गरेपछि मजदूरहरुले रकम माग्न थालेका थिए । तर, इँटा उद्योग मालिकले ठेकेदार रामले रकम लिएर गएको र नर्फकेसम्म रकम दिन नसकिने बताएका थिए ।

भारतीय नागरिकहरु बिजुली माझी, १५ बषर्ीया बालिका सुगमनमा कुमारी, बिजुलीका ९ बषर्ीय छोरा पवन माझी, कान्तिदेवी, कुन्दन कुमारसहितका ४५ जना मजदूरहरु यहाँ काम गर्न आएका थिए ।

उनीहरुलाई उद्वार गरी जिल्ला प्रहरी कार्यालय राजविराज ल्याइएको र भारतीय प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी प्रमुख द्विवेदील्े जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment