+
+
Shares

कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ९ गते ९:२०

९ असार, कैलाली । जिल्लाको गोदावरी नगरपालिकाका माओवादी मेयर उम्मेदवार गोकर्ण भट्टको घरमा शुक्रबार बिहान बम विस्फोट भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घरबाट १ किलोमिटरको दूरीमा रहेको भट्को घरमा शुक्रबार बिहान २ः४५ बजे सुतली बम बिस्फोट भएको हो ।

प्रचण्ड बिहीबार बेलुका माओवादी केन्द्रका नेता लेखराज भट्टको गोदावरी नगरपालिकास्थित घरमा बास बसेका थिए ।

बिस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

मेयर उम्मेदवार भट्ट माओवादी केन्द्रका नेता लेखराजका भाइसमेत हुन् ।

बम कसले विस्फोट गरायो भन्नेबारे केही खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

बम विस्फोटपछि प्रहरीले यो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?