+
+
Shares

दोस्रो चरणमा कांग्रेसको अत्यधिक बहुमतः देउवा

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ९ गते ११:४८

९ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय चुनावमा नेपाली कांग्रेसले बहुमतसहित जित हासिल गर्ने दावी गरेका छन् ।

असार १४ गते हुने स्थानीय चुनावको प्रचारका लागि गृहजिल्ला डँडेलधुरा जाने क्रममा धनगढी बिभानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले आफू प्रधानमन्त्री भएसँगै मुलुकमा कांग्रेसको जनलहर आएको र पार्टीले बहुमत स्थानमा जित हासिल गर्ने बताए ।

सुदूरपश्चिमका दुई ठूला जलबिद्युत परियोजनाले आफ्नै कार्यकालमा गति लिने दावी उनको छ । उनले भने, ‘सुदूरपश्चिमको गौरवको आयोजना रहेको पश्चिम सेती र पञ्चेश्वर जलबिद्युत परियोजनाले मेरै पालामा गति लिनेछ ।’

देउवाले आफ्नै पालामा नेपाल र चीनबीच सडक सञ्जाल जोडिने पनि दावी गरे । ताप्लेजुङको ओलाङचोङगोलाबाट चीन जोड्ने सडकका लागि सरकारले बजेट बिनियोजन गरिसकेको बताउँदै प्रधानमन्त्री देउवाले सडक निर्माण प्रक्रिया तीव्र गतिमा सुरु हुने बताए ।

प्रधानमन्त्री देउवाले आज कैलालीको धनगढी उपमहानगरपालिकास्थित क्याम्पसरोड र फुलबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै उनले आजै कञ्चनपुरको झलारी र महेन्द्नगर बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गरी भोलि गृहजिल्ला डँडेलधुरा जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?