१० असार, बिराटनगर । मोरङको बुढीगंगास्थित एक प्लाई उद्योगमा आगलागी भएको छ ।
बुढीगंगा ५ नेमुवास्थित ग्रिन प्लाइ उद्योगमा भिषण आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान साढे ४ बजेदेखि लागेको आगो बिहान १२ बजेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
प्रहरी उपरीक्षक सन्दीप भण्डारीका अनुसार आगो नियन्त्रणमा लागि सुरक्षाकर्मी र स्थानीयवासीसहित पूर्वका विभिन्न जिल्लाबाट आएका ११ वटा दमकलले प्रयास गरिररहेका छन् ।
आगलागीबाट उद्योगका कलकारखाना, तयारी सामग्री तथा करोडौं मूल्य बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उद्योगमा चिरान काठ राखेको ठाउँबाट एक्कासी आगलागी सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4