+
+
Shares

‘सायद २’ ट्रेलरमा प्रेम, मस्ती र विछोडको कुरा

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ११ गते १६:५६


प्रदर्शन मिति परिवर्तन भएपछि चलचित्र ‘सायद २’को नयाँ ट्रेलर रिलिज गरिएको छ । असार ३० गतेबाट चलचित्र रिलिज हुने भएपछि दोश्रो ट्रेलर सार्वजनिक गरिएको हो ।

यूवापुस्ताको मस्ती, प्रेम, विछोड, साथी-साथीविचको द्धन्द्धलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ । यो चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई पुष्पराज न्यौपानेले लेखन तथा निर्देशन गरेका हुन् ।

सुनिल रावल, इश्वर श्रेष्ठ र सुभाष लामिछानेले यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन छ । चलचित्रको जापानमा विशेष शोको आयोजना भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?