१२ असार, काठमाडौं । भोजपुरमा हराइरहेका तीनजना वालवालिका मृत अवस्थामा फेला परेका छन् । अरुण गाउँपालिका–१, प्याउलीको पोखरीमा शनिबार बिहान ७ः३० बजे २ किशोर किशोरी र एक वालक मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, भोजपुरले तीनैजना पोखरीमा मृत अवस्थामा फेला परेको पुष्टि गरेको छ । प्रहरीले प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछापोखरीमा उनीहरू मृत भेटिएकाे जानकारी दिएकाे छ ।
१६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल मृत भेटिएका हुन् ।
घटनाबारे जानकारी पाएपछि त्यसको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय भोजपुर र धरानबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।
घटनास्थलमा प्रहरी पुगिनसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको भोजपुर प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4