Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः निर्वाचन तयारी पूरा, भोलि चुनाव

१३ असार, काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ का तीन सय ३४ स्थानीय तहमा बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज प्रकाशित पत्रपत्रिकाहरुले निर्वाचनको तयारी पूरा भएको र भोलि हुने निर्वाचनमा मतदान गर्न मतदाता आतुर देखिएको लेखेका छन् ।

निर्वाचनका अलावा हत्या, ठगी, जनप्रतिनिधिले गरेका निर्णयलगायतका खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ पहिलो पृष्ठमा स्थान दिएका छन् ।

गृह मन्त्री जनार्दन शर्माले निर्धक्क भएर मतदान गर्न मतदातालाई गरेको आग्रह गोरखापत्र दैनिकले छापेको छ । गोरखापत्रले असारे झरीमा पनि मतदाता उत्साही देखिएको, आर्थिक अधिकारमा स्थानीय तह निरीह देखिएको लगायतका खबरलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।

अन्नपूर्णले ‘केन्द्रमा पहुँच खोज्दै धरान–इटहरी’ शीर्षक दिएर मुख्य खबर लेखेको छ भने कान्तिपुर दैनिकले रेटेर बृद्धको हत्या भएको विषयलाई मुल खबर बनाएर छापेको छ ।

जापान पठाइदिने सपना देखाएर एक गिरोह नेपाली ठग्न क्रियाशील रहेको खबरलाई नागरिक दैनिकले प्राथमिकताका साथ छापेको छ । निर्वाचन तयारी पूरा भएकोदेखि भोट खसाल्न जाँदा ओतको खाँचो सम्मका खबर नागरिकको पहिलो पृष्ठमा अटाएको छ ।

नयाँ पत्रिका दैनिकले जनप्रतिनिधिले अहिलेसम्म गरेका निर्णयलाई मुल खबर बनाएर छापेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment