Comments Add Comment

पोखरामा वर्षाः घर पुरियो, बगाएको ट्याक्टर अझै भेटिएन

१३ असार, पोखरा । पोखरा लेखनाथ महानगरपालिका –२४, कास्कीकोटमा एक घर पुरिएको छ । अबिरल वर्षापछि गएराति करिब १ बजेतिर आएको पहिरोले कास्कीकोटको वनपालेस्थित डिल्लीराम सुवेदीको घर पहिरोले पुरिएको हो ।

पहिरोले घर पुरे पनि मानवीय क्षति भने भएको छैन । घरमा सुतिरहेका परिवारका अन्य ३ सदस्य श्रीमती, एक छोरा र एक छोरीले भागेर ज्यान जोगाएका छन् भने घरधनी सुवेदी सामान्य घाइते भएका छन् ।

घर पुरिएपछि घरमा रहेको अन्नबाली, लत्ता कपडा नष्ट भएको छ ।

यसैबीच, कास्कीको अन्नपूर्ण गाउँपालिकाको नयाँपुलमा पहिरोले सडक भत्काउँदा एकतर्फी मात्रै सडक सञ्चालन भइरहेको छ । पोखरा—बागलुङ सडक खण्डको नयाँपुलमा पहिरोले २०÷२५ मिटर बाटो बगाउँदा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार पहिरो हटाएर भत्किएको पुल मर्मतको प्रयास भइरहेको छ ।

उता, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ मा बाढीले एउटा ट्रयाक्टर बगाएको छ । बालुवा बोक्न प्रयोग गरिदै आएको नारायण तिवारीको ग.१त. २०८८ नम्बरको ट्रयाक्टर बडीघाटबाट आज बिहान करिब ६ बजे बगाएको हो । बालुवा भर्ने क्रममा एक्कासी बाढी बढेर ट्रयाक्टर बगाएको र अहिलेसम्म पत्ता नलागेको तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment