+
+
Shares

पहिरोले अवरुद्ध मुग्लिन सडक खुल्यो

रासस रासस
२०७४ असार १३ गते १०:३९

१३ असार, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिक साढे दुईकिलो भन्ने स्थानमा पहिरो गएपछि आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको सडक केही समय अगाडि खुलेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार गत शुक्रबार बिहान पहिरो खसेको ठाउँमा पुनः पहिरो गएको थियो । उक्त ठाउँमा गत शुक्रबार बिहान १ः०५ बजेको समयमा पहिरो खसेर प्रहरीको भ्यानसहित चार प्रहरीलाई पुरेको थियो । तीन प्रहरीको मृत्यु भएको छ भने एक अझै बेपत्ता छन् ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सिमसिम पानी परेको तर पहिरो ठूलो नभएकाले तुरुन्तै खोल्न सकिएको हो । सो सडकको अवस्थाको बारेमा आजै संसदीय विकास समितिले अनुगमन समेत गर्नेभएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?