Comments Add Comment

‘शेरबहादुर’ बन्दै सुनिल थापा, कर्मा र मेनुकाको जोडी फेरि पर्दामा

कलाकार सुनिल थापा अब ‘शेरबहादुर’ बन्ने भएका छन् । आजदेखि छायांकन सुरु भएको चलचित्र ‘शेरबहादुर’को शिर्ष भूमिकामा यी चर्चित कलाकारले काम गर्न लागेका हुन् ।

चलचित्रको आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा शुभसाइत गरिएको छ । शुभसाइत समारोहमा बोल्दै कलाकार सुनिल थापाले भने-‘कथावस्तु मन परेकाले मैले यो चलचित्रमा काम गर्न लागेको हुँ । ४ महिना अगाडि कथा सुन्दा मलाई निकै मन परेको थियो । आज घोषणा गर्न पाउँदा खुशी लागेको छ ।’ उनले यो पात्रले आफ्नो ‘राते काइला’ नामको चरित्रलाई विर्साइदिने विश्वास व्यक्त गरे ।
यो चलचित्रलाई आर राजवंशीले निर्देशन गर्दैछन् । यो चलचित्रमा गौरशंकर धुजु र धिरज राजवंशीको लगानी छ । चलचित्रमा सुनिलको साथमा कर्मा, मेनुका प्रधान, रविन्द झा, जान्वी बोहरा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको छायांकन ३५ दिनमा सक्ने योजना निर्माणपक्षको छ । कार्यक्रममा हाँस्य कलाकार हरिवंश आचार्यले चलचित्र भनेकै चल्ने चित्र भएकाले हलमा प्रदर्शन हुने र ‘शेरबहादुर’लाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे । आजबाट भव्य सेट लगाएर चलचित्रको छायांकन गरिने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment