+
+
Shares

पाल्पामा बस दुर्घटना, एकको मृत्यु

रासस रासस
२०७४ असार १३ गते ११:२०

१३ असार, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति करिब १० बजे दुर्घटना हुँदा गोरखाका १७ वर्षका पदमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने घाइते गुल्मी वालिटक्सारकी २६ वर्षीय हेमकुमारी काफ्लेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बसमा कति यात्रु थिए भन्ने र दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?