निर्माता लयन कृष्ण खनालले निर्माण गरेको चलचित्र ‘व्याइफ्रेण्ड’ले आफ्नो प्रदर्शन मिति तोकेको छ । यो चलचित्र माघको १२ गतेबाट रिलिज हुने पक्का भएको छ । यूवापुस्तालाई लक्षित गरि तयार पारिएको चलचित्रले दर्शकलाई मनोरञ्जन दिने दाबी निर्माणपक्षको छ ।
अभिभावकले आफ्ना छोरा र छोरीप्रति जिम्मेवारी निर्वाहा गर्न नसक्दा कस्तो परिणाम आउँछ भन्ने बिषयमा यो चलचित्र बनेको छ । चलचित्रमा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिलवाल, सोनम थापा लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा मौनता श्रेष्ठको लेखन, टंक बुढाथोकी र सोनाम शेर्पाको संगीत, शंकर महर्जनको एक्सन, पुनम राइको नृत्य निर्देशन छ । मदन घिमिरेले यो चलचित्रको निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4