असार महिना लागेसँगै नेपाली किसानहरुलाई धानको विउ रोप्ने चटारो हुन्छ । ‘मानो रोपेर मुरी फलाउने’ चटारोमा किसानहरु लागिपरेका छन् ।
असारमा खेत भरी भरिएको पानीमा छुपुछुप गर्दै ‘धानको विउ रोप्नु’को रमाइलो नै अर्कै हुन्छ । अझ, रोपारहरुले गीत गाउँदै विउ रोप्दाको क्षण निकै लोभलाग्दो हुन्छ ।
हिलोमा रमाउँदै नेपाली चलचित्रका नायक आर्यन अधिकारी र नायिका जेबिका कार्कीले रोपाँइ गरेका छन् । अनलाइनखबरले गरेको ‘रोपाँइ’को फोटोसुटका क्रममा आर्यन र जेबिका एकअर्कासँग जिस्किए, हिलो छ्यापाछ्याप गरे ।
चलचित्र ‘के म तिम्रो होइन र’का नायक आर्यन र ‘पर्व’की नायिका जेबिकाको रोपाँइ लोभलाग्दो थियो । जेबिकाले धानको विउ रोप्दै गर्दा आर्यन बाउसे बने । हिलो छ्यापाछ्याप गर्दै यी दुइले रमाइलो समेत गरे ।
काठमाण्डौमा बस्दै आएका आर्यन र जेबिका असार लागेसँगै खेतमा रमाएको, गीत गाएको याद आउने बताउँछन् ।
तस्बिर श्रीधर पौडेल
प्रतिक्रिया 4