Comments Add Comment

२.० मा अक्षयकुमार एलियन बन्ने

अक्षयकुमार र रजनीकान्त स्टारर बलिउड फिल्म ‘२.०’ को तीव्र प्रतिक्षा छ भारतमा । यो फिल्मसँग सम्वन्धित सानासाना कुराहरु पनि समाचार बनिरहेका छन् ।

फिल्ममा अक्षय र रजनीकान्तको भूमिका कस्तो होला भन्ने कौतुहल सबैलाई हुने नै भयो । हालै सार्वजनिक भएको समाचारअनुसार यस फिल्ममा अक्षयले एलियनको भूमिका निभाउने छन् । फिल्मको पोष्टरको ट्यागलाइनले यही संकेत गरेको छ । यदि त्यस्तो हो भने आजसम्म अक्षयले निभाएका भूमिकाभन्दा यो नौलो हुनेछ ।

अक्षयकुमार र रजनीकान्तका अलावा फिल्ममा एमी ज्याक्सनको प्रमुख भूमिका छ । यो फिल्म यसै वर्ष रिलिज हुने भनिए तापनि केही कारणहरुले गर्दा रिलिज डेट २५ जनवरीपछि धकेलिएको छ ।

२.० एउटा मेगा बजेटको फिल्म हो । यसमा गजबका एक्सन दृष्यहरु समावेश गरिने अनुमान गरिएको छ । यस फिल्मको फस्र्ट लुक जारी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment