Comments Add Comment

बच्चाहरुमा यसरी बढाउन सकिन्छ स्मरण शक्ति

अक्सर अभिभावकको गुनासो हुन्छ, ‘मेरो बच्चाले पढाएको बुझ्दैन ।’

कति बच्चाले पढाएको, भनेको, सम्झाएको कुरा राम्ररी बुझ्दैनन् । कतिले चाडै बिर्सन्छन् । यो आम समस्या हो । बच्चाहरुले पढेका, देखेका, सुनेका कुरा कति सम्झन सक्छन्, कति बिर्सन्छन् । कति कुरा त उनीहरुले ग्रहण नै गर्दैनन् । अभिभावक ठान्छन्, ‘यो बच्चाको कमजोरी हो ।’ र, उनीहरुको निम्ति यो टाउको दुखाईको बिषय बन्ने गर्छ ।

तर जान्नुपर्ने कुरा के भने, सबै बच्चाको स्मरणशक्ति एकनास हुँदैन ।

कोही बच्चाको स्मरण शक्ति तेज भएकै कारण उसले पढेको कुरा छिटो याद गर्न सक्छ भने कसैलाई त्यही कुरा याद गर्न समय लाग्नसक्छ ।

यदी तपाईको बालबालिकामा पनि स्मरण शक्तिलाई लिएर समस्या छ भने विभिन्न उपाय अपनाएर पनि उसको स्मरण शक्ति बढाउन सकिन्छ ।

सामान्यतया बच्चाहरुमा तीन कुराको अभवमा पढ्न मन नलाग्ने नेपालका मेमोरी मास्टर विदुर फुयाँल (साधक स्वप्नम) बताउँछन् । उनका अनुसार यही तीन कुराको अभावमा बालबालिकाको स्मरण शक्ति बढ्दैन । यी तीन कुरा हुन्, एकाग्रता, उत्प्रेरणा तथा जुक्ति ।

१. एकाग्रता

एकाग्रता भनेको कुनै कुरामा ध्यान केन्द्रित गर्न सक्नु हो । तर, कतिपय अवस्थामा बच्चाले निश्चि विषयमा ध्यान केन्द्रित गर्न सक्दैनन् । कति बालबालिकाले आफुले पढेको कुरा धेरैबेर स्मरण गर्न सक्दैनन् । एकाग्रतालाई आहार–व्यवहारले बढी प्रभाव पार्छ ।

एकाग्रता बढाउन के खाने ?

भटमान, दूध, दही , ओख्खर, पेस्ता, माछा, तील, जौ, गहुँ लगायतका खानेकुरा स्मरण शक्ति बढाउने सबैभन्दा राम्रो खानेकुरा हो । यी तत्वको अत्याधिक सेवनले बालबालिकाको स्मरण शक्ति बढ्ने गर्छ ।

तर वास्तविक जीवनमा जुन कुराले हाम्रो स्मरण शक्ति घटाउँछ, हामी त्यही खानेकुरा प्रति आर्कषित हुने गरेका छौ ।
के गर्ने ?

त्यस्तै, योगा पनि हाम्रो जीवनको महत्वपूर्ण हिस्सा हो । दैनिक आधा घण्टा योग गर्नाले हाम्रो मस्तिक एकाग्र हुनुका साथै हाम्रो स्मरण शक्ति तेज हुन्छ ।

यसरी बढाउने संगीतको माध्यामबाट एकाग्रता

बच्चाहरुले अरु कुरा सजिलै याद गर्न नसकेपनि गीत भने शीर–पुच्छर कण्ठ गर्न सक्छन्, त्यो पनि लयबद्ध । किनभने मनपर्ने संगीत बज्छ, त्यसबेला एकाग्रतापूर्वक सुनिरहेका हुन्छन् । यहि कारण उनीहरुले उक्त गीतको शब्द, लय हु–बहु अनुसरण गर्न सक्छन् ।

संगीत एक किसिमको थेरापी हो । यसले मानिसलाई एकाग्र बनाउँछ । संगीतले नै मासिनलाई शान्त तथा तनावरहित बनाउँछ । संगीतकै माध्यमबाट मानिसहरुलाई रचना, गीत सम्झने गर्छन् । संगीतकै कारण हामी रुँने, हाँस्ने गर्छौ । संगीत राम्रो काइदा हो, बच्चाको एकाग्रता क्षमता बढाउने । यद्यपी यसका निम्ति बच्चाले मनपर्ने संगीत हुनुपर्छ ।

२. उत्प्रेरणा

हाम्रो मस्तिष्कको दुूई भाग हुन्छ । दायाँ र बाँया । दायाँ मस्तिष्कमा ९० प्रतिशत शक्ति हुन्छ । त्यसमा कल्पना , भावना र सपना हुन्छ । त्यसैले, पढाईमा दायाँ मस्तिष्कलाई गर्नुपर्छ । उनीहरुलाई कुनै पनि कुरा सम्झन त्यसको तस्वीर कल्पना गर्न लगाएर तथा त्यसको चित्र मस्तिष्कमा कोरेर पनि बच्चाहरुको स्मरण शक्ति बढाउन सकिन्छ ।

३. जुक्ति

कुन कुरा वा शब्दलाई कसरी सम्झने भन्ने कुरा टेक्निकमा भर पर्छ । त्यसको लागि कसरी सम्झन सकिन्छ, कुन उपाय लगाउँदा त्यो कुरा सम्झन सजिलो हुन्छ भन्ने कुरा टेक्निकले निर्धारण गर्छ ।

जस्तो कुनै कुरा उसलाई बुझाउनु छ भने त्यसलाई चित्रद्वारा बुझाउने हो कि, खेलद्वारा बुझाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । उसले कुन कुरा राम्ररी ग्रहण गर्छ, त्यसैलाई माध्याम बनाएर बुझाउने प्रयास गर्नु बढी प्रभावकारी हुन्छ ।

स्मरणशक्ति बढाउने अन्य टिप्स

१. जंकफुडको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । जंकफुडले हाम्रो दिमागलाई बोधो बनाइदिन्छ । जसले गर्दा कुनै पनि कुरा सम्झन कठिनाई उत्पन्न हुने गर्छ ।

२. बच्चालाई तनावरहित राख्ने । मस्तिष्क तनावले भरिएको छ भने उसले बाहिरी कुरा ग्रहण गर्न सक्दैन ।

३. बच्चाको स्मरणशक्ति बढाउने राम्रो काइदा हो, प्राणायम । प्राणायमको माध्यामबाट पनि स्मरण क्षमता बढाउन सकिन्छ ।

४. अक्सर बच्चालाई कुनै कुरा बुझाउँदा वा पढाउँदा ससर्ती भन्ने भन्दा पनि त्यसलाई उदाहरणको रुपमा पेश गरेर, चित्रको माध्याम अपनाएर पढाउँदा उसले सजिलै ग्रहण गर्छ ।

५. विद्यालयका शिक्षकहरुले के पढाउने र कसरी पढाउने तथा विद्यार्थीहरुलाई कसरी पढाउँदा उनीहरुले ती कुरा स्मरण गर्न सक्छन् भन्ने किसिमले पढाएको खण्डमा पनि बालबालिकाहरुले आफुले पढेका धेरै कुरा स्मरण गर्न सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment