+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
कर्णाली याक्स 2025
134/2 (17.3)
Shares

चक्रेश्वर मेलामा चन्द्रकोटले दियो सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको चन्द्रकोट गाउँपालिकाले बालाचतुर्दशी/शतबीज छर्ने पर्वका अवसरमा मंसिर ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
  • चन्द्रकोट गाउँपालिकाले चक्रेश्वर मेलालाई प्रबर्द्धन गर्ने उद्देश्यले वडानम्बर– ४ शान्तिपुरमा सांस्कृतिक कार्यक्रम र भलिबल खेल आयोजना गर्ने जनाएको छ।
  • गाउँपालिकाले हिन्दु धर्म मान्नेहरूलाई बालाचतुर्दशीमा सतबिज छर्नाले पुन्यलाभ हुने जनविश्वास रहेको उल्लेख गरेको छ।

२ मंसिर, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिने भएको छ । बालाचतुर्दशी/शतबीज छर्ने पर्वका अवसरमा लाग्ने चक्रेश्वर मेलालाई प्रबर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि स्थानीय विदा दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँकार्यपालिकाको निर्णयअनुसार मंसिर ३ गते बुधवार को दिन सार्वजनिक बिदा दिइएको पालिका अध्यक्ष युवराज केसीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । हिन्दु धर्म मान्नेहरू बाला चर्तुदसीको अवसरमा सतबिज छर्नाले पुन्यलाभ हुने यस क्षेत्रमा जनविश्वास छ।

यस अवसरमा चन्द्रकोट गाउँपालिकाको वडानम्बर– ४ शान्तिपुरमा विविध साँस्कृतिक कार्यक्रम सहित मेला लाग्ने गर्दछ । नेपालका चर्चित कलाकारसँगै स्थानीय कला संस्कृति, भजन र ठूलो राशिको भलिबल खेल समेत प्रतिस्पर्धात्म रुपमा खेलिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?