Comments Add Comment

धनगढी उपमहानगरको मतगणना फेरि रोकियो, दलहरुद्वारा बहिस्कार

१८ असार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना पुनः स्थगित भएको छ ।

१७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको पाइएपछि दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए ।

कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले हराएको मुचुल्का ल्याउन नसक्ने बताएपछि दलका प्रतिनिधिले बिरोध स्वरुप मतगणना बहिस्कार गर्दै बाहिरिएका थिए ।

यसअघि पनि गणनामा जोडिएको मत परिणाम र कम्प्युटरमा जोडिएको मत परिणाम फरक परेपछि दलहरुले बहिस्कार गर्दा मतगणना रोकिएको थियो ।

सहमतिका लागि दल र निर्वाचन आयोगबीच छलफलका प्रयासहरु सुरु भएको छ ।

धनगढी उपमहानगरको वडा नम्बर १, २, १९ र १८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ ।

अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार दोस्रो, एमाले र माओवादीका उम्मेदवार क्रमसः तेस्रो र चौथो स्थानमा छन् । धनगढीमा १३ हजार भन्दा बढी मत गनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment