+
+
Shares

परिणितीसँग फरार हुन तयार अर्जुन

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १९ गते १२:१८


नायक अर्जुन कपुर र नायिका परिणीति चोपडा अभिनित चलचित्र ‘इश्कजादे’लाई दर्शकले राम्रै मानेका थिए । यो चलचित्र हेरेर अर्जुन र परिणितीको जोडी सुहायो भन्नेहरु पनि थिए । उनीहरुकै चलचित्र हेरेर मनोरञ्जन लिनेहरुलाई पाँच वर्षसम्म उनीहरुलाई जोडीको रुपमा देख्न नपाउँदा नरमाइलो लागेको पनि हुनसक्छ ।

अर्जुन र परिणीतिको अभिनयवाट प्रभावित दर्शकका लागि एउटा खुसीको खबर हुनसक्छ । दिबाकर बनर्जीको चलचित्रमा उनीहरु पुनः जोडीको रुपमा देखिने भएका छन् । चलचित्रको नाम ‘सन्दिप और पिंकी फरार’ राखिएको छ ।

निर्देशक बनर्जीका अनुसार यस चलचित्रमा सन्दिप र पिंकी यस्ता पात्र हुन् जो कहिल्यै एक्लै जिउन त सक्दैनन् नै, एक अर्कालाइ भर पनि गर्दैनन् । परिणीति र अर्जुन दुबैले चलचित्रको विषय आफुलाई रोचक लागेको दावी गरेका छन् । ‘पहिलो नायिकासँग काम गर्दा छुट्टै मज्जा आउँछ, म दिवाकर सर र परिणितीसँग फरार हुन तयार छु ।’ अर्जुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?