Comments Add Comment

सानिमा बैंकको पहिलो सामूहिक लगानी कोष योजना आउदै, १ अर्ब २० करोडको कोष बन्ने

 

१९ असार, काठमाडौं । सानिमा बैंकले पनि आफ्नो प्रवद्र्धनमा पहिलो सामुहिक लगानी कोष योजना सञ्चालनमा ल्याउने भएको छ ।
बैंकको प्रवद्र्धन र सानिमा क्यापिटलको सञ्चालनमा पहिलो योजना ‘सानिमा इक्विटी फण्ड’ का इकाइ निष्काशनको तयारी चलिरहेको छ । यो योजना अन्तरगत करिब १ अर्ब २० करोड रुपैयाँ (१२ करोड इकाई) को कोष बनाइने लक्ष्य राखिएको हो ।

इकाइको निष्काशनको क्रममा मागभन्दा बढि आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था रहेको छ । यसो भएका कोषको आकार १ अर्ब २० करोड हुनेछ । कोषमा प्रवद्र्धक र सञ्चालकको १५ प्रतिशत बिउ पुँजी रहनुपर्ने व्यवस्था छ ।
कोष मार्फत संकलित रकम लगानी क्षेत्रको रुपमा सेयर नै प्राथमिकतामा रहेको छ । यस कोष मार्फत उठ्ने रकममध्ये ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ । बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ ।

बन्दमुखि यो योजना सेयर बजारमा सूचीकृतपछि भने हरेक दिन किनबेच गर्न सकिनेछ । यो योजनाको परिपक्व अवधि ७ वर्षको रहेको छ । कोषको लगानीमा नाफा भएमा लगानीकर्ताहरुले प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबटा पनि लगानीकर्ताले लाभ लिन सक्ने अवस्था बन्ने छ । ७ वर्षको परिपक्व अवधिमा कायम हुने अन्तिम लगानीकर्ताले कम्पनीको नेटपर्थ प्रति सेयर जति हुन्छ त्यही आधारमा आफ्नो लगानी फिर्ता पाउनेछ ।

कोषको व्यवस्थापकहरुमा चार्टर्ड एकाउन्टेन्ट तिर्थराज उपाध्याय, ललित बहादुर बस्नेत, ख्याम नारायण ढकाल, डा. हेमन्तकुमार दवाडी र माधव प्रसाद ढकाल रहेका छन् ।

सेयर बजारमा प्रत्यक्ष लगानी गर्न नसक्नेहरुको र बजारको जोखिम प्रत्यक्ष लिन नचहानेहरुको लागि सामूहिक लगानी कोषमा लगानी गर्नु राम्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment