Comments Add Comment

माओवादीको मत मालेलाई गनेको भन्दै धरानमा मतगणना स्थगित

२० असार, धरान । नेकपा माओवादी र नेकपा मालेको चुनाव चिह्न लगभग उस्तै छ । माओवादीको चुनाव चिह्न हँसिया हथौडा हो भने मालेको हँसिया र तारा हो । यही कारणले संविधानसभाको चुनावयता कतिपय मतदाताहरुले माओवादी ठानेर मालेलाई मतदान गर्दै आएका छन् ।

तर, धरानमा मतदानका बेलामा मात्रै होइन, मतगणनामा समेत माओवादी र मालेको चुनाव चिह्नले लफडा बनायो । र, यही कारणले निर्वाचन अधिकृतले समेत कारवाही भोग्नुप¥यो ।

मंगलबार निर्वाचन आयोगका गणक कर्मचारी मानबहादुर कार्की (ग) र धनकुमार राई (ङ) लाई मतगणना स्थलबाट निस्काशन गरिएको छ ।

उनीहरुमाथि माओवादी केन्द्रले पाएको ५० मत एमालेको सूचीमा राखेको आरोप छ ।

त्यसैगरी, हँसिया हथौडा चिह्नमा परेको मतलाई हँसिया तारामा परेको भन्दै मालेको सूचीमा राखिदिएको आरोप लगाउँदै दलहरुले विरोध जनाएका छन् ।

यस्तो विवादपछि धरानको मतगणना स्थगित भएको छ । विवाद समाधानका लागि सर्वदलीय बैठक डाकिएको छ । असन्तुष्ट पक्षले वडा नम्बर ९ र ११ को पुनः मतगणना गरिनुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment