Comments Add Comment

तपाईको बच्चामा मधुमेह त छैन ? हेर्नुहोस् यस्तो संकेत

हामी सोच्छौ, मोटाघाटा, प्रौढ उमेरका, सौखिन व्यक्तिलाई मधुमेह लाग्छ । टाइप-२ मधुमेह वयस्क वा प्रौढ उमेरमा मात्र लाग्ने सोचाई छ । तर, तपाई-हाम्रो बच्चामा पनि मधुमेह हुनसक्छ । खासगरी शारीरिक रुपमा मोटो बच्चामा टाइप २ मधुमेह लाग्न सक्छ । अधिक तौल भएको बच्चाको इन्सुलिन प्रतिरोधको संभावना बढ्छ । यहि कारण ब्लड शुगरको हुने भय हुन्छ ।

कसरी थाहा पाउने त ?

बच्चाहरु कुन रोगले ग्रसित हुँदैछ भन्ने कुरा सहजै थाहा पाइदैन । किनभने उनीहरुलाई सानोतिनो रोगले सताइरहकै हुन्छ । यस्ता कुरामा हामी खासै ख्याल गर्दैनौ ।

बच्चामा टाइप-२ मधुमेहको लक्षण थाहा पाउन सजिलो छैन पनि । धेरैजसो रोग बिस्तारै बिरुतारै विकास हुन्छ । यदि निम्न लक्षण देखिएमा बच्चामा मधुमेह हुनसक्छ ।

धेरै तिर्खा लाग्नु – जुन बच्चालाई असामन्य रुपमा धेरै तिर्खा लाग्छ, उसको ब्लड शुगरको स्तर धेरै बढेको हुनसक्छ । यद्यपी कहिले कहि बच्चाले तारेको, भुटेको खानेकुरा, जंक फूड आदि सेवन गरेको बेला पनि तिर्खा लाग्न सक्छ, जो सामन्य हो ।

लगातार पिसाब– बच्चाले अधिक पानी वा तरल पदार्थ सेवन गरेको छ भने त्यसमा आत्तिनुपर्दैन । यद्यपी सामन्य अवस्थामा पनि बच्चाले लगातार पिसाब गरिरहन्छ भने शंका गर्नुपर्छ कि, उनीहरुलाई मधुमेह हुनसक्छ ।

भोक लाग्नु – जुन बच्चालाई मधुमेह छ, उनको शरीरको कोशिकाका लागि इन्धन प्रदान गर्न पर्याप्त इन्सुलिन हुँदैन । यस्तो अवस्थामा बच्चाले अत्याधिक भोकाएको अनुभव गर्छन् र उसमा शक्ति पनि कम हुन्छ ।

अत्याधिक थकान – यदि तपाईको बच्चा असामन्य रुपले थाकेको अनुभव गर्छन्, खेल्न, कुद्न जाँगर चलाउँदैन र सुत्न मन गर्छ भने उसमा मधुमेह हुनसक्छ । मधुमेहले पीडित बच्चामा जब इन्सुलिन हुँदैन तब उसमा उर्जा सकिन्छ र थकान महसुष हुन्छ ।

छालामा कालोपन– यदि बच्चामा टाइप- २ मधुमेह छ भने बच्चाको छालामा कालो धब्बा देखिन्छ । यसलाई एन्थाथोसिस निगिकेन्स पनि भनिन्छ । यो धेरैजसो काखी र गर्दनमा देखिन्छ ।

के छ त उपचार ?

वयस्कलाई जस्तै बच्चालाई पनि मधुमेहबाट बचाउन प्राकृतिक उपचार विधी अपनाउन सकिन्छ ।

स्वस्थ्य दिनचर्या – टाइप – २ मधुमेहबाट छुटकारा पाउनका लागि बच्चाको दिचर्या स्वस्थ्य हुनुपर्छ । उसलाई पौष्टिक भोजन सेवन गराउनुपर्छ । उनीहरुको खानेकुरा पूर्ण रुपले सन्तुलित हुनुपर्छ । रिफाइन्ड कार्बोहाइड्रेट र सुगर कम भन्दा कम मात्र सेवन गर्नुपर्छ । मिठाई, मैदाको खानेकुरा, पेस्टि्र, सोडा र अत्याधिक संसाधित वा परिष्कृत खाद्य पदार्थले बच्चामा टाइप २ मधुमेह बढ्ने खतरा हुन्छ ।

व्यायाम  – मधुमेह नियन्त्रणका लागि नियमिन व्यायाम महत्वपूर्ण हुन्छ । बच्चामा टाइप २ मधुमेहबाट छुटकारा दिलाउन व्यायाम गर्न सिकाउनु पर्छ । उसलाई इनडोर भन्दा पनि आउटडोर गेम खेल्न प्रोत्साहित गरौ ।

तौल सन्तुलित- बच्चालाई टाइप २ मधुमेह नहोस्, जसको लागि उनीहरुको तौल सधै सन्तुलित राख्नुपर्छ । स्वस्थ्य आहार र व्यायामले बच्चाको तौल सन्तुलित राख्न सहयोग पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment