चलचित्र ‘लिला’मा समावेश ‘साच्चै विशेष छौ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भदौ ३० गतेबाट रिलिज हुने यो चलचित्रको रोमान्टिक गीतमा उदितनारायण झाको स्वर छ । गीतमा डाक्टर कृष्णहरि बरालको शब्द, बसन्त सापकोटाको संगीत छ ।
यो गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका मलिना जोशी र कलाकार राज कटुवालको अभिनय छ । यो गीतमा राजले मलिनाको सौन्दर्यताको बयान गरेका छन् ।
सिनेदर्पण इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रलाई कृष्णप्रसाद दंगालले प्रस्तुत गरेका हुन् । रमेश कोइरालाको निर्देशनमा तयार भएको चलचित्रका कार्यकारी निर्माता सीपी पौडेल हुन् । लक्ष्मण बस्नेत, बिमला घिमिरे र लक्ष्मण बस्नेत यसका निर्माता हुन् ।
प्रेम, एक्सन र सस्पेन्स कथामा यो चलचित्र निर्माण भएको बताइएको छ । चलचित्रमा संचिता लुइटेल, ध्रुव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको पनि अभिनय छ ।
प्रतिक्रिया 4