Comments Add Comment

धनगढीमा कांग्रेसको अग्रता तोडियो, स्वतन्त्र उम्मेदवार अगाडि

२० असार,धनगढी । कांग्रेसले अग्रता लिइरहेको एकमात्र उपमहानगरपालिका धनगढीमा पनि उसको अग्रता रोकेर स्वतन्त्र उम्मेदवार अघि बढेका छन् ।

कांग्रेसका मेयर उम्मेदवार नृप वडलाई एक सय बढि मतान्तरले पछि पारेर स्वतन्त्र उम्मेदवार गोपाल हमाले अग्रता लिन थालेका हुन् ।

कांग्रेसका पडक क्षेत्र मानिएको वडा नम्बर ३ को गणना चलिरहँदा कांग्रेससँगको करीव एक हजार मतको अन्तर हटाउँदै स्वतन्त्र उम्मेदवार हमालले अग्रता लिएका हुन् ।

यो धनगढी उपमहानगरको सबैभन्दा धेरै मतदाता रहेको वडा हो । पछिल्लो अपडेट अनुसार स्वतन्त्र उम्मेदवार हमालको ५५२१ मत छ भने कांग्रेसका नृप वडको ५४११ मत छ ।

एमालेका मेयरका उम्मेदवारको मत ४२०१ मत रहेको छ भने माओवादी उम्मेदवारको मत ३०८९ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment