+
+

भोजपुरी फिल्मको निर्देशनमा चन्द्र, गीतको छायांकनमै २० लाख खर्च भएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २१ गते ११:५२


नेपाली चलचित्रका सफल द्धन्द्ध निर्देशक चन्द्र पन्त अहिले एक भोजपुरी चलचित्रको निर्देशन गरिरहेका छन् । ३ करोड भारतीय रुपैयाँमा निर्माण भैरहेको भनिएको यो चलचित्रको एक गीतको छायांकन अहिले नेपालमा धमाधम भैरहेको छ ।

‘निरहुवा चलल लण्डन’ नामक चलचित्रको एक गीतको छायांकन जोमसोम, कागबेनी, पोखरा एयरपोर्टमा ७ दिन लगाएर गरिएको छ । निर्देशक पन्तका अनुसार यो गीतका लागि २० लाख खर्च गरिएको छ । उनले अहिले बनिरहेका भोजपुरी चलचित्रका गीतका लागि २ लाख खर्च गरिने दाबी समेत गरे । चलचित्रको ४० प्रतिशत छायांकन नेपाल र ६० प्रतिशत छायांकन लण्डनमा गरिने पनि उनले बताए ।

भोजपुरी चलचित्रका चर्चित कलाकार दिनेशलाल यादव र नायिका आम्रपालिले यो चलचित्रमा अभिनय गरिरहेका छन् । दिनेशले बलिउडका चर्चित कलाकार अमिताभ बच्चनदेखि सलमान खानसँग पनि काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?