Comments Add Comment

सिलगढीका मेयर र उपमेयरबाट पदभार ग्रहण, सुशासन कायम गर्न कर्मचारीलाई निर्देशन

२१ असार, डोटी । डोटी दिपायल सिलगढी नगरपालिकाको मेयर मञ्जु मलासीले नगरपालिकाका कर्मचारीहरुलाई नगरमा सुशासन कायम गर्न निर्देशन दिएकी छन् । बुधबार बिहान करीब पौने ११ बजे पदभार ग्रहण गर्दै मलासीले सो निर्देशन दिएकी हुन् ।

उनले भनिन्, ‘हामी सबै मिलेर नगरपालिमा सुशासन प्रवर्द्धन सहित नगरको सर्वपक्षीय विकास गर्नुपर्छ ।’

आफुले दिपायल सिलगढी नगरपालिकालाई नमूना नगर बनाउने प्रतिबद्धता गरेको बताउँदै मलासीले यो प्रतिबद्धता पूरा गर्न सबै कर्मचारीहरुलाई आग्रह गरिन् ।

मलासीसँगै नगरपालिकाका नवनिर्वाचित उपमेयर शिवराज खड्काले पनि आजै पदभार सम्हालेका छन् । एमालेबाटै निर्वाचित खड्काले करीब सवा ११ बजेतिर पदभार सम्हालेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित मेयर मलासी र उपमेयर खड्कालाई नगरपालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्य सहित सबै कर्मचारीहरुले फूलमाला अविरले स्वागत गरेका थिए । सो अवसरमा नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्ल, पूर्व सभासद हर्कबहादुर सिंह, दिपायल सिलगढीका पूर्वमेयर पूर्णराज जोशी लगायतको सहभागिता थियो ।

पदभार ग्रहण लगत्तै मेयर मलासी र उपमेयर खड्का लगायतको टोलीले डोटी जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल समेत बितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment