Comments Add Comment

सांसद पत्नीसहित ताप्लेजुङमा दुई महिलाले जिते वडाध्यक्ष


२२ असार, ताप्लेजुङ । ताप्लेजुङका ९ स्थानीय तहका ६१ वडामध्ये ३ वडामा वडाध्यक्ष उठेका महिलामध्ये २ जनालेमात्र सफलता पाएका छन् । दवैजना एमालेबाट निर्वाचित भएका हुन् ।

फुङ्लिङ नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा एमालेबाट प्रतिश्पर्धी रहेकी भीमादेवी ओझा ७० मतान्तरले विजयी भइन् ।

यस्तै सिरीजङ्घा गाउँपालिका वडा नम्बर १ की उम्मेदवार रहेकी उर्मिला थेवे पनि विजयी भइन् । ताप्लेजुङ १ का सांसदकी भूपेन्द्र थेवेकी पत्नी उर्मिला कञ्चनजंघा महिला विकास केन्द्रकी अध्यक्ष समेत छिन् । ताप्लेजुङका ९ स्थानीय तहमध्ये ८ गाउँपालिका उपाध्यक्ष महिला जितेका छन् । फुङलिङ नगरपालिकामा मेयर र उपमेयर दुवै पुरुष जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment