२३ असार, दाङ । सत्य निरुपण तथा मेलमिलाप आयोग, मुकाम तुलसीपुरले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा परेका निवेदनमा छानबिन शुरु गरेको छ । आयोगका शाखा अधिकृत पूर्णबहादुर केसीले आयोगमा परेका उजुरीमाथि छानबिन सुरु गरेको बताए ।
प्रदेश नं ५ मा १६ हजार उजुरी परेकामा मुकाममा प्राप्त एक हजार पाँचवटा प्राप्त गरेको बताए । घोराहीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा केसीले यस्तो जानकारी दिएका हुन् ।
अहिले परेका उजुरी जिल्लाअनुसार छुट्याई सकिएको केसीले बताए । आठवटा फरक–फरक विधामा छुट्याइएको छ । अहिले पत्राचार गर्ने, कागजपत्र झिकाउने, सनाखत गर्ने काम शुरु भएको अधिकृत केसीले बताए । कार्यालय स्थापना भएको अहिले एक महिना मात्र भएको र कार्यालय व्यवस्थापनसँगै अन्य कामसमेत सुरु गरेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4