Comments Add Comment

एमाले मेयरको घोषणाः अब इटहरी नै प्रदेशको राजधानी !

२३ असार, इटहरी । नेकपा एमालेले बिराटनगरलार्इ १ नम्बर प्रदेशको राजधानी बनाउने बताइरहेका बेला सोही पार्टीबाट इटहरीको मेयरमा निर्वाचित द्वारिकलाल चौधरीले भने इटहरीलार्इ नै प्रदेशको राजधानी बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

पूर्वको व्यापारिक एवं भौगोलिक केन्द्रविन्दुको रुपमा रहेको इटहरीलाई प्रदेश नम्वर १ को राजधानी बनाउन पूर्णरुपमा पहल गर्ने नवनिर्वाचित मेयर चौधरीले बताए ।

इटहरीलाई १ नम्बर प्रदेशको राजधानी बनाउन उपयुक्त भएको भन्दै उनले यसमा आफू दृढ रहेको अनलाइनखबरलार्इ प्रतिक्रिया दिए ।

प्रदेशको राजधानी प्रदेश सभाले टुङ्गो लगाउने भए पनि इटहरीलाई राजधानी बनाउन आफ्नो मुख्य भुमिका रहने उनको भनाइ छ ।

इटहरी उपमहानगर पूर्वको सबैभन्दा उदाउँदो शहर भएका कारण इटहरीमै प्रदेशको राजधानी हुनुपर्ने उनले बताए ।

इटहरीलाई प्रदेशको राजधानी बनाउन मेरो पहल रहन्छ, उनले भने । मेयरमा निर्वाचित भएसँगै चौधरीले आफ्नो घोषणापत्रमा भएका सम्पूर्ण कुरा पूरा गर्ने बाचा गरे ।

यसैवीच नेकपा एमालेले इटहरीमा शुक्रबार विजय जुलुस निकालेको छ । ठाउँठाउँमा सभाहरू आयोजना गरिएका छन् ।

इटहरीः थारूकै पहिचान, थारू नै मेयर !

लोकोक्ति अनुसार राणा शासन कालमा यो ठाउँमा अपराधीलाई सजायँ दिने र्इंटा र काठ मिलाएर बनाएको’तुरूङ’ निर्माण गरिएको थियो । यहाँका आदिवासी थारुहरुको भाषामा र्इंटालाई ‘इट’ र काठबाट बनेको तुरूङलाई ‘हरि’भनिन्छ । यसरी ‘इट’ र ‘हरि’ मिलेर ‘इटहरी’ नाम रहन गएको यहाँका बुढापाकाको भनाइ छ ।

संयोग कस्तो परेको छ भने थारू भाषाकै नामबाट बनेको इटहरीले अहिले सोही समुदायबाट मेयर पाएको छ ।

इटहरी गाउँ विकास समितिबाट ०५३ साल मसिर ११ गते नगरपालिका घोषणा भएको इटहरी अहिले पूर्वको सबैभन्दा उत्कृष्ट उपमहानगरपालिकामा  उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment