Comments Add Comment

वर्षायाममा यसरी बनाउने केसलाई मुलायम र चम्किलो


तपाईले झेल्नु भएकै होला, वर्षायाममा केसको अनेकौ समस्या देखापर्छ । जस्तो केस टुक्रिने, हाँगा फाट्ने आदि ।
त्यस्तै बाहिर हिँडडुल गर्दा केस भिज्छ । केस ओसिलो भएपछि त्यसमा व्याक्टेरिया फैलने संभावना हुन्छ । यसले केसको जरालाई कमजोर बनाउँछ । त्यसैले मनसुनमा केसका लागि अतिरिक्त पोषणको आवश्यक हुन्छ ।

घिउकुमारी जेल

प्राकृतिक रुपले छाला र केसको सौन्दर्य कायम राख्नमा घिउकुमारीले चमत्कारिक फाइदा गर्छ । केसको लागि पनि घिउकुमारी उपयोगी मानिन्छ । घिउकुमारीले केसलाई बलियो र स्वस्थ्य राख्न सहयोग गर्छ । साथसाथै केस झर्ने, टुक्रिने, चाया पर्ने र हाँगा पलाउने समस्याबाट पनि छुटकारा दिन्छ ।

यसका लागि हरेक दिन घिउकुमारीको जेल लगाइरहनु परेन । हप्तामा एक पटक प्रयोग गरे पुग्छ । राती सुत्नुअघि घिउकुमारीको जुस लगाउनुहोस् र बिहान उठेपछि त्यसलाई सफा पानीले धुनुहोस् ।

केसमा तेल लगाएर हाइड्रेट राखौं

केसलाई चम्किलो र मुलायम बनाउनका लागि तातो तेलले मसाज गर्नुपर्छ, हप्तामा दुई पटक । यसले केस चिलाउने समस्याबाट पनि छुटकारा मिल्छ । तेलले राम्ररी मसाज गरिसकेपछि सफा पानीले केस धुनुपर्छ । यदि तेल मसाज गर्ने इच्छा भएन भने हेयर मास्क र अन्य उपचार पनि गर्न सकिन्छ ।

चिसो केसलाई गुम्साउनु हुन्न

वर्षायाममा केस भिज्नु सामन्य हो । यदि केस भिज्यो भने सफा पानीले धुनुपर्छ ।
जब केस ओसिलो हुन्छ, टुक्रिने भय धेरै हुन्छ । यसबाट बच्नका लागि केसलाई सुख्खा राख्नुपर्छ । केस भिजेको वा चिसो छ भने त्यसलाई गाम्छाले ढाक्नु हुँदैन । यस मौसमा केसलाई बाँध्नु पनि ठीक होइन । खुला छाडिदिनुपर्छ ।

धेरै उत्पादन प्रयोग नगरौ

वर्षायाममा केस कमजोर हुन्छ । त्यसमाथि बजारमा पाइने अनेकन किसिमको उत्पादन लगाइयो भने केसमा नराम्रो असर पर्छ । यस्तो हेयर उत्पादन मात्र प्रयोग गरौ, जसमा पेराबेन्स र सल्फेटको मात्रा कम हुन्छ ।

चमकको लागि कन्डिसनर

यस मौसममा हावा पनि ओसिलो हुने भएकाले केसमा त्यसको प्रभाव पर्छ । यसबाट बच्नका लागि कन्डिशनरको प्रयोग गर्नुपर्छ । आफ्नो केसलाई छोटो छोटो हिस्सा बनाउने र त्यसमा हल्का कन्डिशनरको प्रयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment