Comments Add Comment

विराटनगर अपडेटः कांग्रेस मेयर उम्मेदवारलाई ४९ सय मतको अग्रता


२४ असार, विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसका प्रमुख र उपप्रमुख दुवै पदका उम्मेदवारले अग्रता थप फराकिलाे बनाउँदै लगेका छन्।

पछिल्लो मत परिणाममा नेपाली कांग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत पाएका छन् । उनलाई नेकपा (एमाले) का विनोद ढकालले १३ हजार ३६४ मतका साथ पछ्याइरहेका छन् । संघीय समाजवादी फोरम नेपालका उमेश यादव १२ हजार ४१७ मत तेस्रो स्थानमा छन् ।

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै इन्दिरा कार्कीको ‘लिड’ छ । उनले १५ हजार ९४८ मतका साथ अग्रता लिइरहँदा नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेको पक्षमा ९ हजार ६७९ मत परेको छ । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको आठ हजार २८४ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment