Comments Add Comment

मेसिन बिग्रिएपछि पशुपतिको विद्युतीय शव दाहगृह बन्द

२५ असार, काठमाडौं । पशुपतिनाथ परिसरका विद्युतीय शव दाहगृह बन्द भएको छ । मेसिनमा समस्या आएपछि केही दिनदेखि विद्युतीय शव दाहगृह बन्द गरिएको सदस्य सचिव डा. गोविन्द टन्डनले जानकारी दिए ।

शव जलाउने मेसिममा खराबी आएको छ । ‘कोलकत्ताबाट प्राविधिक पनि ल्याएर राखिएको छ । तर, समस्या आयो । कोलकत्ताबाट समान मगाउनु पर्छ’ उनले भने, विद्युतीय शव दाहगृह सञ्चालनमा ल्याउन अझै ८/१० दिन लाग्छ ।’

पशुपतिनाथ क्षेत्रको विद्युतीय शव दाहगृहमा दैनिक १० देखि २० शव जलाउने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment