Comments Add Comment

रुपन्देही जिससका लागि एमालेेले २ भोट कताबाट ल्याउला ?

यसरी गठन हुन्छ जिल्ला समन्वय समिति

२५ असार, भैरहवा । जिल्लाका १६ मध्ये ७ स्थानीय तहमा जितेर जिल्लाको सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले जिल्ला समन्वय समितिको नेतृत्व लिनका लागि भने कुनै एक दलसँग तालमेल गर्नुपर्ने भएको छ ।

जिल्ला समन्वय समिति गठनका लागि आवश्यक बहुमत नभएकाले तालमेलको बाध्यता परेको छ । रुपन्देहीमा एमाले पहिलो र संघीय समाजवादी फोरम दोस्रो दल हुन् ।

जिल्लाको १६ स्थानीय तहमध्ये ७ तहको प्रमुख ८ तहमा उपप्रमुखमा गरी एमालेका १५ जना उम्मेदवार निर्वाचित भएका छन् । जुन जिससमा आवश्यक पर्ने बहुमतका लागि २ मत कम हो ।

संघीय समाजवादी फोरमको ४ तहमा प्रमुख र ४ तहमा उपप्रमुख गरी ८ जना निर्वाचित भएका छन् । कांग्रेसको २ तहमा प्रमुख र २ तहमा उपप्रमुख गरी ४ जना, माओवादी एक तहमा प्रमुख र उपप्रमुख गरी २ जना, फोरम लोकतान्त्रिक र राजापका स्वतन्त्र एक/एक तहमा प्रमुख तथा राप्रपाको एक तहमा उपप्रमुखमा उम्मेदवार निर्वाचित भएका छन् ।

जिससमा प्रमुख चुनिनका लागि ३२ जना मध्ये एमालेसँग १५ जना मतदाता रहेका छन् भने अन्य सबै दलको कुल गरी १७ जना मतदाता रहेका छन् । यदि एमाले विरुद्ध सबै दल लएकजुट भए भनेमात्र एमालेलाई जिससको प्रमुख बन्नबाट रोक्न सक्छन् ।

एमाले विरुद्ध महागठबन्धन यसकारण पनि बन्न नसक्ने देखिन्छ कि, सबै दल मिल्दा पनि प्रमुख र उपप्रमख कुनै दलले पाउने हुन् । एमालेले कुनै एक दललाई लिएर उपप्रमुख वा सदस्य बढी दिएमा एमालेकै पल्ला भारी हुनेछ ।

स्थानीय निर्वाचनमा जिल्लामा दोस्रो ठूलो दल बनेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष महेन्द्र यादवले जिससको निर्वाचनको लागि अहिले सम्म पार्टीमा कुनै छलफल नभएको बताए ।

अहिलेसम्म जिससको निर्वाचनको विषमा अन्य दलसँग तालमेल गर्ने/नगर्ने लगायतको विषयमा केही छलफल भएको छैन उनले भने -त्यस्तै अवस्था आए अन्य दलहरुसँग तालमेल पनि हुन सक्छ ।

संविधानको धारा २२० अनुसार नगरसभा र गाउँसभा गठन भएको ३० दिन भित्र समिती बनिसक्नुपर्छ ।

जिल्ला समन्वय समिती गठनका लागि नेपाल सरकारले स्थानिय थह निर्वाचन ऐन ०७३ र नियमावली ०७३ समेत जारी गरिसकेको छ ।

कसरी गठन हुन्छ जिसस ?

जिल्ला समन्वय समितीको प्रमुख र उप्रमुख चुनिनका लागि निर्वाचित नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखले मात्र मतदान गरी चुन्न सक्नेछन् ।

जस्तो- रुपन्देही जिल्लामा १६ स्थानीय तह छन् । जिल्ला भरीबाट ८ सय ४५ जना जनप्रतिनिधी निर्वाचित हुन्छन् । जसमध्ये असार १४ गते भएको निर्वाचनमा ८ सय ७ जना निर्वाचित भइसकेका छन् भने ३८ जना निर्वाचित हुन बाँकी छन् ।

प्रत्येक नगरपालिकाको हकमा ३ जना र गाउँपालिकाको हकमा २ जना निर्वाचित -मनोनित) हुनेछन् । रुपन्देही जिल्लामा एक उपमहानगर र ५ वटा नगरपालिका छन् । जसमा नगरपालिकाहरुमा थप अझै १८ जना निर्वाचित हुनेछन् । त्यस्तै १० गाउँपालिका रहेकोमा प्रत्येक गाउँपालिका २ जनाको दरले कुल २० जना निर्वाचित हुनेछन् । यसरी रुपन्देही जिल्लाको कुल ८ सय ४५ जना जनप्रतिनिधी निर्वाचित हुनेछन् ।

यी निर्वाचित ८ सय ४५ जना जनप्रतिनिधी मध्ये जो कोही पनि जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेदवारी दिन पाउनेछन् ।

तर, जिल्ला समन्वय समितिको प्रमुख, उप्रमुख पदमा मताधिकार भने १६ स्थानीय तहका निर्वाचित ३२ जना प्रमुख र उपप्रमुखलाई मात्र रहने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले बताए ।

जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment