Comments Add Comment

‘मान्छे भएपछि हाँस्नुपर्छ, ‘ठुस्स’ पर्नेलाई पड्काइदिऊँ जस्तो लाग्छः पूजा शर्मा (मस्ती टक)

अनमोल केसी भएको भए सिक्स प्याक हेरेर बस्थेँः पल शाह

असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’लाई लिएर नायक पल शाह र नायिका पूजा शर्मा निकै उत्साहित छन् । पल र पूजाको करिअरका लागि पनि यो चलचित्र महत्वपूर्ण छ । अहिले यी दुई चलचित्रको प्रमोशनमा व्यस्त रहेका छन् ।

पल र पूजासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


अनलाइनखबरका लागि ‘मस्ती टक’मा कुराकानी गर्दै पल र पूजाले निकै रमाइलो जवाफ दिए । पूजालाइ तपाइलाई कस्तो मान्छे देख्दा रिस उठ्छ भनेर हामीले प्रश्न सोध्दा उनले भनिन्-‘मलाई त नहाँस्ने, ठुस्स पर्ने मान्छे मन पर्दैनँ । यो जिन्दगी हाँस्नकै लागि दिएको हो ।’

पल सबैभन्दा धेरै ‘नट्टी’ कोसँग हुन्छन् होला, उनले भने-‘म मेरा साथीहरुसँग हुन्छु । उनीहरुको मोबाइलको म्यासेज हेर्छु ।’ पूजाले आफू साथीहरुसँग बढी ‘नट्टी’ हुने गरेको बताइन् । उनले साथीहरुको पछाडि पुच्छर हाल्दिने, मसी छर्किदिने गर्ने गरेको बताइन् ।

नायिका पूजा शर्माले आफूलाई अनमोल केसीसँग भाइटिका लगाउन मन लागेको, आशिरमान देसराज जोशीसँग डेटिङ र पल शाहसँग बिहे गर्न मन लागेको बताइन् ।

यस्तै, नायक पल शाहले नायिका आना शर्मासँग डेटिङ, साम्राज्ञीराज्य लक्ष्मी शाहसँग भाइटिका र छुल्ठिम गुरुङसँग बिहे गर्न मन लागेको बताए । उनले ‘प्रेमगीत २’ नायिकाको नाम ३ अप्सनमा भएपनि लिन चाहेनन् ।

रमाइलो कुराकानीका क्रममा पलले आफू नायक आर्यन सिग्देल भएको भए बिहान उठ्ने वित्तिकै ‘नक्क्ली कपाल’ लगाउथ्य भनेर जवाफ फर्काए । यस्तै, अनमोल केसी भएको भए आफूले दैनिक सिक्स प्याक हेर्ने उनले सुनाए ।

यता, नायिका पूजा शर्माले आफू नम्रता श्रेष्ठ भएको भए दावा शेर्पासँग बिहे गरिहाल्ने बताइन् । उनले नम्रतालाई दावासँग बिहे गर्न सुझाव पनि दिइन् ।

के बाथरुममा एकसाथ २ जना नुहाउनु भएको छ भन्ने प्रश्नमा पल र पूजाले निकै रमाइलो जवाफ दिए । पल र पूजाले दिएको जवाफ हेर्नका लागि भिडियो नै हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment