Comments Add Comment

सरकार विस्तार संविधान संशोधनपछि मात्रैः उपप्रधानमन्त्री महरा

मन्त्रालय भागबन्डामा विवाद नरहेको भनाइ


२६ असार, चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवनले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए । उपप्रधानमन्त्री महराले भने, ‘संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।’ पत्रकारको एक प्रश्नमा उनले मन्त्रालय भागबण्डामा खासै विवाद नरहेको बताए ।

उपप्रधानमन्त्री महराले भारतले लगाएको मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी)को नेपालमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न छिट्टै एक टोली भारत जाने जानकारी दिए ।

भर्खरै मात्र जिएसटी लागू गरेकाले त्यसको परिणाम आई नसके भन्दै उनले आफू केही समय अघि भारत जाँदा यस विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग समेत कुराकानी गरेको बताए ।

भारतको केन्द्रीय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर नयाँ तथा एकीकृत कर प्रणाली लागू गरेको छ । मालसामान तथा सेवा व्यवसाय कर जिएसटी नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापी रुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा विद्यमान अलग अलग राज्यीय र संघीय कर व्यवस्था खारेजीमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment